पर्यटन खबर

आकर्षण भन्दै रुपाकोट रिसोर्ट

६ फाल्गुन २०८०, आईतवार ०४:२१

काठमाडौँ। पर्यटकीय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट सञ्चालनमा आएको छ । पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् सञ्चालनमा ल्याइएको हो ।

लोकपि्रय तालहरु रुपा र बेगनासको शिरमा रहेको यो रिसोर्टबाट आँखैअघि अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटकहरु आकषिर्त बनेको छ ।

होटलभित्र प्रवेस गरेपछि केही न केही खानै पर्ने नियम बनाउँदा चाप केही घटेपनि व्यवसाय भने बढेको छ । विदेशी पर्यटकहरुका साथै एनआरएनको आकर्षण पनि आकर्षण उच्च रहेको छ ।

नेपाल घुम्न आउनेले पोखरा छुटाउँदैनन् र पोखरा आउनेले रुपाकोट रिसोर्ट छुटाउँदैनन्। रिसोर्टले पुरानो नेपाली संस्कृति झल्काउने विशाल संरचना निर्माण गरी पाँच तारेस्तरको सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

करिब ५० करोड रुपैयाँभन्दा बढी निजी लगानीमा डेढ वर्षअघि रिसोर्ट सञ्चालनमा आएको हो ।