रिसोर्ट खबर

पर्यटकको रोजाइमा दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट

५ फाल्गुन २०८०, शनिबार ११:०४

काठमाडौँ। ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ । स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ ।

करिब चार बिघा १० कठ्ठा जग्गा खरिद रहेको छ ।सो रिसोर्ट हेर्न लायकको बनेको छ ।  आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र यसै पेसा वा व्यवसायबाट आम्दानी गर्ने हेतुले सञ्चालनमा ल्याइएको सो रिसोर्टमा स्वीमिङ पुल,फिस थेरापी, पार्क र विभिन्न परिकारको खाना पाउने सुविधा रहेको छ। बस्नका लागि अत्यन्त सुविधाजनक कोठा रहेको सो रिसोर्टमा राँगाभैँसी, खसीबोका, स्थानीय जातका कुखुरापालन पनि गरिएको छ ।

रिसोर्टमा खाना र बस्नका लागि मात्र नभई साहसिक पर्यटकको रोजाइ बनाउनका लागि लगानी बढाउँदै आइएको उनको भनाइ थियो ।आधुनिक र परम्परागत दुवै शैलीलाई सँगै लिएर भौतिक पूर्वाधार वृद्धि गरिरहेको छ । रिसोर्टमा पछिल्लो समय तीन वटा खरले छाएका कटेज र दुई वटा गुलेली पिङ थप गरिएको छ।

गाउँमै सम्भावना खोजे विदेश जान नपर्ने सन्देश दिनलाई एग्रो रिसोर्ट स्थापना गरिएको हो ।  “रिसोर्टभन्नासाथ खान र बस्न भन्ने बुझिन्छ तर यसलाई साहसिक पर्यटनको गन्तव्य बनाउने उद्देश्य छ ।