रेस्टुरेन्ट खबर

बावर्ची रेस्टुरेन्ट: विदेशी पर्यटकको रोजाइमा

४ फाल्गुन २०८०, शुक्रबार ०७:१०

काठमाडौं। थरीथरीका परिकार चाख्न काठमाडौंको फन्को लगाउनै पर्दैन। काठमाडौंको बबरमहल अवस्थीत बावर्ची रेस्टुरेन्टमा यी सबै उपलब्ध छन् ।

माइतीघरबाट सिंहदरबार दक्षिण गेटतर्फ थोरै अघि बढेपछि बावर्ची रेस्टुरेन्ट भेटिन्छ । ऐतिहासिक राणा दरबारको भवनमा रहेको यो रेस्टुरेन्ट इन्डियन खानाको लागि एकदमै लोकप्रिय छ ।

खाना पारखीहरूका लागि अनेक स्वादका व्यञ्जन उपलब्ध छन्।  यहाँ न कुनै व्यञ्जनको अभाव छैन । जो आफ्नो विशेष व्यञ्जन, उत्कृष्ट सेवा–सुविधा र आकर्षक साजसज्जाका लागि चिनिएको छ।

सेलिब्रेटीहरूको पनि रोजाइमा पर्न सफल यो पारिवारिक रेस्टुरेन्ट हो । यो रेस्टुरेन्ट मिठो खाना र शान्त वातावरणको लागि विदेशी पर्यटकहरूमाझ पनि लोकप्रिय  छ ।