© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
मुगु। नेपालको सबैभन्दा ठूलो ताल रारा आउने पर्यटकलाई लक्षित गरी राराको मुर्मा टपमा ‘रारा ईको रिसोर्ट’ निर्माण गरिएको छ ।
राराको मुर्मा टपमा रारा इको रिसोर्ट रारा पुग्ने पर्यटकमध्ये करीब ९० प्रतिशत पर्यटक मुर्माटप पुग्ने गर्छन् । अहिले मुर्मा टपमा आतिथ्य सेवा हुँदा सयौं पर्यटकले खाजा, खाना, बास र पिउने पानीसहित रारामा पर्यटक रमाई रहेका छन्।
रिर्सोटले पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल भनेको छ । केहि बर्षदेखि पर्यटकले सास्ती खेपिरहेका थिए । पर्ताकालाई मध्यनजर गरि करिब १५ करोड लागानीमा रारा तालमा रिसोर्ट संचालन आएको छ ।
अहिले रारा ईको रिसोर्टमा आउने पर्यटकले रिसोर्टबाटै मुर्मा गाउँ, चंखेली, कान्जिरोवा हिमाल, छायानाथ, चुचेमारा लगायत आकर्षक पर्यटकीय स्थल अवलोकन गर्न सकिन्छ। सूर्योदय हेर्न पनि रिसोर्ट निकै उपयुक्त रहेको छ।
‘हनिमुन प्याकेज तथा होलिडे प्याकेजमा आउनेका लागि रिसोर्ट आकर्षक रहेको छ। सहरको होहल्ला तथा कोलाहलबाट मुक्ति पाउन रारा आउनेले ईको रिसोर्ट रूचाउने गरेका छन्। रिसोर्ट बनाउँदा स्थानीय काठ, माटो र ढुङ्गाको प्रयोग गरिएको छ ।