होटल खबर

बसेरा, द्वारिकाज र हिमालयन होटेललाई विभागले तिरायो ३/३ लाख

३ फाल्गुन २०८०, बिहीबार १३:३२

काठमाडौँ। तीन चर्चित होटललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ।

म्याद नाघेका खाद्य पदार्थ भेटिएपछि गौशालामा रहेको होटल द्वारिकाज, लाजिम्पाटको हिमालयन र बसेरा होटललाई विभागले तीन–तीन लाख रुपैयाँ जरिवाना गराएको हो ।

यी तीन होटलका भान्सा र स्टोरमा राखिएका सामानहरू म्याद नाघिसकेको अवस्थामा फेला परेपछि कारबाही गरिएको विभागले जनाएको छ ।

 तीनै होटललाई ३/३ लाख जरिवाना गरिएको छ । बत्तिसपुतलीको द्वारिकाज होटलमा विदेशी भीआईपी बस्ने गरेका थिए । सिंहदरबारको दक्षिण ढोकामा रहेको बसेरा होटलबाट सिंहदरबारभित्रका मन्त्रालयमा खाजा जाने गरेको छ ।