© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीको खुद नाफा ७१ प्रतिशत बढेको हो । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सञ्चालनबाट प्राप्त भएको आम्दानी २० प्रतिशत बढेको छ भने कुल आम्दानी १४ दशमलव ४० प्रतिशत बढेको छ । गत वर्ष ५३ करोड ११ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालनबाट प्राप्त आम्दानी यस वर्ष ६३ करोड ८५ लाख रूपैयाँभन्दा बढी भएको छ । कुल आम्दानी भने गत वर्ष ६२ करोड ४३ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ७१ करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
पर्यटकीय व्यावसायिक गतिविधिमा सुधार भएसँगै आम्दानी र नाफामा टेवा पुगेको कम्पनीको विवरणपत्रमा उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ६४ पैसा छ ।