ट्रेन्डिङ

कति छन् नेपालमा तारे होटल ?

१ फाल्गुन २०८०, मंगलवार १५:३९

काठमाडौं। नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १८७ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् ।

यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२३’ अनुसार नेपालमा १८७ ओटा मात्रै तारे होटेलहरू छन् ।

सरकारले नेपालको पर्यटन क्षेत्रमा सम्भावना देखेर प्राथमिकतामा राखेसँगै होटल व्यवसायमा लगानी बढेको होटल संघ नेपाल (हान) ले जनाएको छ। भ्रमण वर्ष, लगानी सम्मेलन, पर्यटन दशक जस्ता कार्यक्रमले पर्यटन व्यवसायमा होटलको आकर्षण थपिएको हानका महासचिव साजन शाक्यले बताए।

बागमतीमा एक सय १७ वटातारे होटल छन्। जसमा सबैभन्दा धेरै, ३३ वटा एकतारे र सबैभन्दा कम, ८ वटा चारतारे होटल छन्। त्यस्तै दुईतारे ३१, तीनतारे २७, चारतारे १२ र पाँचतारे १२ वटा छन्। यी होटलमा कुल सात हजार एक सय ८४ वटा रूम छन्। एघार हजार ५८५ वटा बेड छन्।

दोस्रोमा लुम्बिनी प्रदेशमा सबभन्दा धेरै होटल छन्। यहाँ अहिलेसम्म २५ वटा तारे होटल बनिसके। जसमा तीनवटा एकतारे, चारवटा दुईतारे, तीनवटा तीनतारे, १२ वटा चारतारे र तीनवटा पाँचतारे छन्। यी होटलमा एक हजार चार सय ८० वटा रूम छन्। दुई हजार दुई सय ४९ वटा बेड छन्।

तेस्रोमा गण्डकी प्रदेश छ। गण्डकीमा अहिलेसम्म २२ वटा तारे होटल बनेका छन्। एकतारे तीनवटा, दुईतारे आठवटा, तीनतारे दुइटा, चारतारे सातवटा र पाँचतारे दुईवटा होटल छन्। यी सबैमा एक हजार ३८४ वटा रूम छन्। २ हजार ६३ वटा बेड छन्।

मधेस प्रदेशमा ११ वटा तारे होटल छन्। यो प्रदेशमा सबभन्दा धेरै, चारवटा दुईतारे होटल छन्। त्यस्तै एकतारे दुइटा, तीनतारे दुइटा, चारतारे दुइटा र पाँचतारे एउटा होटल छन्। जसमा चार सय ८६ वटा रूममा सात सय ७८ बेड छन्।

कोशी प्रदेशमा नौवटा तारे होटल छन्। यिनमा चार सय ९२ वटा रूम छन् भने सात सय ७८ वटा बेड छन्। कोशीमा एकतारे दुइटा, दुईतारे एउटा, तीनतारे दुइटा, चारतारे दुइटा र पाँचतारे एउटा होटल छन्।

यी हुन् नेपालका तारे होटल

होटलकोठाशय्यारोजगारी
होटल सोल्टी (ताहाचल)२८२४३४५५०
होटल डेला अन्नपूर्ण (दरवारमार्ग)१५३२३०३४४
द होटल एभरेष्ट इन्टरनेशनल (नयाँ बानेश्वर)१६०२८०
पोखरा ग्राण्ड होटल१४०२४७१७३
होटल द फूलबारी (पोखरा) (बन्द अवस्थामा रहेको)१६५२००
ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन) लाजिम्पाट२६०३५०४००
तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी) बौद्ध२९०४२६४१०
याक एण्ड यति  (दरवारमार्ग)२४७३५०३०५
द मल्ल होटल (लैनचौर)१००१६३१५३
होटल सांग्रिला, लाजिम्पाट१००१६९२१०
टाइगरवान प्रालि, रुपन्देही१०२१४६२०२
सोल्टी वेस्टेण्ड लिमिटेड, नेपालगन्ज८०९९८०
होटल सेन्ट्रल प्लाजा, बाँके८०९९७०
होटल मेरियट, नक्साल२१५३४४३००
होटल अलफ्, ठमेल१६७२१६१८०
होटल द किङ्सबरी, झापा८२१००१५०
सिटी होटल लिमिटेड (हायात प्लेस) ताहाचल१५३३०६१८६
कुल२७७६४१६०३८६८