ट्रेन्डिङ

भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ

१ फाल्गुन २०८०, मंगलवार ०९:४४

चितवन। भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।

१८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।  मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना माहामारीलगायत कारण सुस्ताएको थियो ।

पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन् । सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो । रेष्टुराँ एण्ड बार एशोसियशन नेपाल (रेवान) सौराहाका अध्यक्ष धुव्र गिरीले भने, “यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकको चाप देख्दा हामी उत्साहित भएका छौँ ।”

फुड फेष्टिवल हुने क्षेत्रमा विभिन्न आर्कषक झिलिमिली बत्तिहरुसहित सजाइएको छ । फेष्टिवल सुरु भएको जनाउ दिन भोलि बुधबार विभिन्न संघसंस्थाहरुले सांस्कृतिक भेषभूषासहितको झाँकी प्रर्दशन गरेर बजार क्षेत्र परिक्रमा गरे ।

फेस्टिबलमा फागुन १ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजेदेखि राति ११ बजेसम्म विभिन्न कार्यक्रम आयोजना हुनेछ । सांस्कृतिक कार्यक्रमहरु समेत फेष्टिवलमा राखिएको आयोजकको भनाइ छ ।

१८ औं संस्करणको यसपटकको फेस्टिबलमा दैनिक १० हजार पर्यटकले अवलोकन गर्ने र १ करोड ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।

नेपाल कै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको सौराहामा पछिल्लो समयमा स्वदेशी र विदेशी पर्यटकहरुको संख्यामा कमि आएको व्यवसायीहरुले बताइरहँदा फुड फेष्टिबलले पर्यटकहरु आर्कषित गर्ने विश्वास आयोजकको छ ।

अघिल्ला पटकका फेष्टिबलमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिए पनि यसपटक खासै त्यस्ता कार्यक्रम आयोजना गरिएका छैनन् । सौराहाका होटलहरुले अघिल्ला फेष्टिबलमा विभिन्न छुट अफर दिने गरेको भए पनि यसपटक कुनै छुटको व्यवस्था गरिएको छैन ।