अन्तर्राष्ट्रिय होटल खबर

विश्वको एक मात्र दशतारे होटल

२९ माघ २०८०, सोमबार ०८:५०

एजेन्सी। विश्वामा अहिले धेरै सुविधा सम्पन्न होटेल छन् । दुई स्टार देखि दश स्टार होटेलसम्म धमाधम आइरहेका छन् । संसारमा अनेकौं सुविधाले भरिपूर्ण होटेल हो बुर्ज अल ।

यो होटेल दुबईको शानदार स्काइलाइनमा चम्किरहने बुर्ज अल अरब विश्वका सबैभन्दा अग्ला होटलमध्ये एक हो । तर यसमा एउटा रोचक रहस्य लुकेको छ । त्यो के भने, यो होटलको ३९ प्रतिशत हिस्सा बस्न लायक छैन । यी खाली तलाहरुले भव्यतासँगै एक अनौठो रहस्यमयी हावा पेश गर्दछन् ।

सन् १९९९ मा जब बुर्ज अल अरब दुनियाको सबैभन्दा अग्लो होटलको रुपमा निर्माण भयो तब यो दुबईको भव्यताको एक चिनारी बन्न पुग्यो। यसको निर्माण लागत तत्कालीन समयमा १ अर्ब डलर लागेको थियो ।

जुमेराह तटबाट २८० मिटरको दूरीमा अवस्थित यो होटल आफ्नै सिँगो कृत्रिम टापुमा अवस्थित छ । यहाँसम्म पुग्नका लागि एउटा घुमाउरो पुलको प्रयोग गर्नु पर्दछ । आफ्नो अनौठो आकार तथा भव्यताका साथमा बुर्ज अल अरब केवल एक लग्जरी होटल मात्र नभई दुबईको महत्वकांक्षा तथा आधुनिकताको प्रतिक पनि हो ।

मिडिया रिपोर्ट अनुसार यो होटलमा एकरात बस्नका लागि कोठाको न्यूनतम २ लाख रुपैयाँ सम्म खर्च गर्नुपर्दछ । मूख्य सहरबाट एक निजी पुलले जोडिएको यो होटलको छतमा ६८९ फिटको उचाइँमा हेलिप्याड पनि छ ।