© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ । अहिले विश्वमा सेभेन स्टारदेखि टु स्टारसम्मका होेटलहरु खुलेका छन् । कतिपय नाम चलेका होटलहरुले विश्वका विभिन्न सहरमा शाखा पनि विस्तार गरेका छन् ।
यही विश्वमा एउटा यस्तो होटल पनि छ जसको कुनै शाखा छैन तर इतिहास भनेछ । त्यो पनि १–२ सय वर्षको कुनै झन्डै १३ सय वर्षको इतिहास । यो संसारमा पूराना होटलहरु धेरै होलान् । समयक्रम सँगै त्यस्ता होटलहरुको प्रकार तथा त्यसका मालिकहरु बदलिन्छन् । तर जापानमा एउटा यस्तो होटल छ जसले १३ सय वर्षदेखिको आफ्नो इतिहासलाई जिवितै राखेको छ ।
यो विश्वको सबैभन्दा पुरानो होटल हो र गिनिज बुकमा समेत यसले आफ्नो नाम दर्ज गराइसकेको छ । १३ सय वर्षदेखिको आफ्नो इतिहासलाई जीवितै राख्ने होटल हो ‘निसियामा ओनसेन कियुनकेन’ । यो होटल जापानको कियुनकेन गाउँमा अवस्थित छ ।
यो विश्वको सबैभन्दा पुरानो होटल हो । यसले गिनिज बुकमा नाम समेत लेखाइसकेको छ । सन् ७०५ मा फुजिवारा महितो नामक जापानी नागरिकले यो होटल सञ्चालनमा ल्याएका थिए । अहिले पनि उनकै सन्ततिले यो होटल चलाइरहेका छन् ।
यो होटलको एउटा खास विशेषता भनेको यसको तातो पानीको झरना पनि हो । त्यस्तै यो होटलको एकातर्फ नदी बग्दछ भने अर्कोतर्फ घना जंगल रहेको छ । होटलको कोठामा बसेर झ्याल खोलेर बाहिर हेर्दा निकै नै मन्त्रमुग्ध पार्ने दृश्य देखिन्छ । यो होटलमा कूल ३७ वटा कोठा छन् । होटलमा एक रात बिताउनका लागि झण्डै ६० हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्दछ ।