पर्यटन खबर

ओरियन्टल होटेलको नाफा ४६ प्रतिशत बढ्यो

२८ माघ २०८०, आईतवार १५:०९

काठमाडौं। ओरियन्टल होटल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 र्‍याडिसन होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको समीक्षा अवधिको तुलनामा ४६ प्रतिशत बढेको छ ।

पुस मसान्तसम्म ओरियन्टलले पर्यटन व्यवसायबाट कुल ५६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष होटलले पर्यटन व्यवसायबाट कुल ४३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।  पछिल्लो समय पर्टयक आगमनमा सकारात्मक प्रभाव परेको छ ।
यता, ओरियन्टलले पुस ९ करोड ६३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यसले ७ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल यसको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ अर्ब ७३ करोड रुपैयाँ छ । गत वर्ष रिजर्भ कोषमा ९० करोड ८० लाख रुपैयाँ रहेको थियो ।