© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। चालु आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्ममा सोल्टी होटेल लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ।
सोल्टी होटलले ६ महिनामा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको समीक्षा अवधिको तुलनामा नाफा ४.६ प्रतिशत बढेको हो ।
कम्पनीले डिसेम्बर ३१ (पुस १५) सम्मलाई दोस्रो त्रैमासिक अवधिका रुपमा गणना गरी वित्तीय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार ६ महिनामा कम्पनीको कुल आम्दानी १ अर्ब ५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो । कुल आम्दानी बढ्दा कम्पनीको नाफामा टेवा पुगेको देखिन्छ ।