© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा बोर्ड सदस्य मिलन देवकोटालाई सदस्य सचिव तोकिएको छ ।
प्रमुख कार्यकारी अधिकृत रिक्त रहेको छ । बार्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिपक काफ्लेले बोर्डको संचालक समिति सदस्य देवकोटालाई बोर्डको सीइओ नियुक्त नहुञ्जेलसम्मका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) बमोजिम उनलाई बढीमा तीन महिनाका लागि सदस्य सचिवमा नियुक्त गरिएको बोर्डले जनाएको छ ।
२०७६ माघमा चार वर्षका लागि नियुक्त भएका सीइओ धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन थियो ।