पर्यटन खबर

नेपालमा आजदेखि ई–भिसा लागु

२६ माघ २०८०, शुक्रबार १४:४०

काठमाडौं । नेपालमा बाह्य पर्यटक आउन सहज होस् भन्ने उद्देश्यले अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ ।

ई‍-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए।

बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई-भिसा लागू गर्न लागेको महानिर्देशक तामाङले बताए।  ई–भिसा लागु भएसँगै नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने झन्झट हटेको छ । यो प्रणाली लागु भएसँगै विदेशी नागरिकले विश्वको कुनै पनि कुनाबाट नेपालको भिसाका लागि आफैले आवेदन गर्न सक्नेछन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसाको औपचारिक आरम्भ ११ बजे गरेका हुन् । केही महिना अघिदेखि परीक्षणको रुपमा सुरु गरिएको यो सेवा पूर्णरुपमा सफल भएपछि आजबाट औपचारिकता दिन लागिएको छ ।