© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड २०७९’ कोआयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल्स ग्रुपसँग सह प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।
सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पल्सर स्पोर्टस अवार्ड यही माघ २८ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजना हुनेछ ।
स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा वर्ष प्रशिक्षक विधा पहिलो चरणमा ८–८ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।
पिपल्स च्वाइस विधामा भने पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । पब्लिकको मतका आधारमा चुनिने यस विधाको मनोनयनमा रजनी श्रेष्ठ (बडीविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) रहेका छन् । मनोनयनमा परेका खेलाडीका लागि ई–सेवाबाट भोटिङ भइरहेको मंचका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।
त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेज ‘पल्सर नेपाल’बाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक २७ राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउनेछन् ।