© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ संचालनमा आइसकेको छ। ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।
‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार स्थानीय व्यवसायी बासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको हो ।
रिसोर्टमा रहेका २२ भिल्लामा ३४ कोठा छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामकरण गरिएका छन् । चार बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा पाहुनाले रिसोर्टपरिसरमै रहेको तलाउमा ‘फिसिङ’ गर्न सक्नेछन् । सौराहाको हात्तीसारनजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ ।
यस्तै, चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारीलगायतका गतिविधि पनि गराउनेछ । रिसोर्टमा स्विमिङ पुल, मसाजसहितको स्पा पनि रहनेको छ ।
पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्नेछन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि हुन्छ । रिसोर्टमा स्विमीङ पुल, मसाज सहितको स्पा पनि हुन्छ ।
२५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू भएको सिद्धार्थको व्यवसाय अहिले बिस्तार भएर देशैभर फैलिएको छ । ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याइसकेको छ ।