© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो।
आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता शेयर ६५ हजार चार सय ६३ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह एक दशमलव ५० र जीवन बीमा समूह एक दशमलव २९ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ समूह शून्य दशमलव २६, विकास बैंक समूह शून्य दशमलव ३०, जलविद्युत् समूह शून्य दशमलव ९४, लगानी समूह शून्य दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।