© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
दुबई । दुबईको नयाँ प्रतिष्ठित ल्यान्डमार्क, एटलान्टिस द रोयलले तपाइँको विलासिताको परिप्रेक्ष्यलाई पूर्ण रूपमा विश्वका अग्रणी डिजाइनरहरू, वास्तुकारहरू र कलाकारहरूद्वारा निर्मित होटेल हो।
यो एउटा गन्तव्य हो। जहाँ सबै कुरा कल्पनाको सीमाहरूलाई चुनौती दिन डिजाइन गरिएको छ। आज हामी तपाईँलाई संसारको सबैभन्दा महँगो होटलको कोठाबारे बताउन गइरहेका छौं ।
यो होटलमा एक दिनको कोठा भाडाले हामी सानो एउटा घर नै किन्न सक्छौँ, अपार्टमेन्ट किन्न सक्छौँ । यो होटल हो दुबईको एटलान्टिस द रोयल । दुबईमा कयौँ महँगा होटलहरू छन्, तर होटल एटलान्टिसको ‘द रोयल’ आफैंमा विशेष छ । यहाँ स्विमिङ पुल, शयनकक्ष, अफिस रुम, पुस्तकालय, सम्मेलन कोठा आदि कयौँ चिज छन् ।
‘द रोयल म्यानसन’को एक रातको भाडा १ लाख अमेरिकी डलर अर्थात् १ करोड ३३ लाख नेपाली रुपैयाँ छ । यस म्यान्सनमा सय वर्ष बुढो जैतुनको रूख पनि छ । यस अघि भन पाम्स क्यासिनो रिसोर्टको एम्प्याथी सुइट विश्वको सबैभन्दा महँगो होटल कोठा थियो ।
एटलान्टिस होटलको यो २ तले पेन्टहाउसको नाम ‘द रोयल म्यानसन’ राखिएको छ । यस पेन्टहाउसको सुनौलो र स्वेत थिममा बनाइएको छ । यसको सुन्दरताले जोकोहीलाई अचम्मित बनाउनेछ । यो पेन्टहाउस सुइटमा २ ओटा शयनकक्ष र २ भव्य बाथरूमहरू छन् । यिनीहरूको लूकले आगन्तुकलाई दङ्ग पार्नेछ । सेतो सिंगमर्मर प्रयोग गरेर बनाइएको यस सुन्दर म्यानसनमा आउटडोर र इनडोर किचन छन् ।
यो सुईटमा एउटा निजी बार, गेम रुम र एउटा निजी चलचित्र थिएटर पनि छ । तापमान नियन्त्रित इन्फिनिटी पुल पनि छ । होटलको १८ र १९ औँ तलामा यी सुइट छन् । यहाँबाट बुर्ज खलिफा, अरबी खाडी जस्ता चर्चित स्थलहरू हेर्न सकिन्छ । यी सुईटका एक दिनको भाडा कति होला ? तपाईले पक्कै पनि यही सोचिरहनु भएको होला ।