© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
ललितपुर। ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालक रोमी अर्याल पनि पक्राउ परेकी छन्।
सोमबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए । होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छिन् । उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।
गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। शाक्यले स्वीमिङ पुल छेउको स्पट लाइटमा छुँदा करेन्ट लागेको थियो। परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए। यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। भण्डारी माघ ६ गते पक्राउ परेका थिए।
मंगलबार रोमीलाई पनि ललितपुर जिल्ला अदालतमा पेश गर्ने तयारी गरिरहेको छ। अदालतले उनलाई अहिले हाजिर जमानीमा छाडेको छ। उनी रोमी अर्यालकी सासु हुन्। प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको छ।