पर्यटन खबर

बंगलादेशको ढाकामा तीन दिने ट्रेड फेयर, बाह्रय पर्यटन प्रचारप्रसार, प्रर्वद्धनका लागि कोशेढुंगा

२२ माघ २०८०, सोमबार ११:४९

ढाका । बंगलादेशको ढाकामा तीन दिने ट्रेड फेयर २०२४ सम्पन्न भएको छ । विमान बंगलादेश ट्राभल एण्ड टुरिजम फेयर विटिटिएफले आयोजना गरेको ट्रेड फेयरमा नेपालको तर्फबाट नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स नाटाका कोर्डिनेटर विष्णु पाण्डेको नेतृत्वमा विभिन्न टुर एण्ड ट्राभल्स एजेन्सीहरु सहभागि भएका थिए ।

बंगलादेशको ढाकामा आयोजना भएको तीन दिने ट्रेड फेयरमा सहभागि भएकी इन्च्यान्टेड यात्रा होलिडे ट्राभल एजेन्सीकी सिइयो मेरिना श्रेष्ठले ढाकामा सम्पन्न फेयरले नेपालको बाह्रय पर्यटन आकर्षणमा ठुलो सहयोग पुगेको बताइन । नेपालको सहभागिताले बाह्रय टुरिजम प्रर्वद्धनका लागि निकै सहयोगी भएको बताउँदै उनले नेपालको टुरिजम प्रचारप्रसारका लागि कोशेढुंगा सावित भएको समेत दाबी गरिन् ।

आगामी बर्ष दश लाख माथि पयर्टन भित्राउनका लागि सरकारले विशेष कार्यक्रम ल्याए बंगलादेश पनि नेपालका लागि ठुलो पर्यटकिय क्षेत्र भएको सिइयो श्रेष्ठको जिकिर छ । विभिन्न देशको सहभागिता रहेको ट्रेड फेयरमा इन्च्यान्टेड यात्रा होलिडे ट्राभल एजेन्सीले नेपालको टुरिजम प्रर्वद्धन तथा प्रचारप्रसार देशका विभिन्न टुरिजम क्षेत्रको वृत्तचित्र प्रचार सामाग्री वितरण गरिएको सिइयो श्रेष्ठले जानकारी दिइन ।

बंगलादेशको तिव्र विकास र ट्राभलको कल्चर निकै बढे्काले नेपालले पनि बंगलादेशको पर्यटक भित्राउन विशेष पहल गर्नुपर्ने उनको भनाई छ ।