© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। पोखराको सेदीमा नेपाली मौलिक र आधुनिक शैली प्रयोग गरेर निर्माण गरिएको ‘दोर्जे रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । एक अर्ब लगानी भएको लक्जरी रिसोर्टले पुरानो गाउँकै झझल्को दिलाउँछ ।
एक अर्बभन्दा बढी लगानीमा निर्माण गरिएको यो लक्जरी रिसोर्ट भएको रिसोर्टका अप्रेसन म्यानेजर प्रमोद लामिछानेले बताए । दोर्जे लामाले जग्गासहित गरेर एक सय करोड लगानीबाट रिसोर्ट निर्माण गरेको उनको भनाई छ । करिब पाँच बर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ३१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
उच्च स्तरीय पर्यटकलाई पोखरामा आकर्षीत गर्ने गरी आजबाट बुकिङ लिने र असार ६ गते देखी सञ्चालनमा ल्याउने तयारी रहेको रिर्सोटका सञ्चालक दोर्जे तामाङले बताए ।
अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनी क्षेत्रफलमा १३ वटा भिल्लामा रिर्सोट तयारी भएको छ । पोखरा घुम्न आउने पाहुनालाई रिर्सोटमा नेपालमा नै उत्पादन अधिकांश खानेकुराले स्वागत गर्ने लक्ष्य रहेको तामाङले बताए । रिर्सोटमा अहिले २३ वटा कोठा छन् । जसमा १९ डिलकस र ४ वटा सुइट रुम रहेका छन् । निमार्ण कार्य जारी रहेको भन्दै तामाङले ३१ वटा रुप तयार हुने बताए ।
रिर्सोटमा जिम हल, हल, स्विमि पुल, स्पा, ज्याकुजी, आफ्नै फार्म हाउस लगाएतका सेवाहरु छन् । प्रत्येक कोठाबाट फेवातालको सुन्दर दृश्य देखिने गरी बनाएको छ । फर्म हाउसमा व्यावसायिक कृषि र पर्यटन सम्बन्धी गतिविधि देख्ने र बुझने अवसर पाइन्छ ।
पर्यटक आकर्षित गर्ने उद्देश्यसहित मौलिक र आधुनिक शैलीको फ्युजन गरी रिसोर्ट निर्माण गरिएको छ । रिसोर्टमा रहेका १३ वटा भिल्लामध्ये सातावटा कोठा छन् भने बाँकी ६ भवनमा स्पा, कन्फ्रेन्स हल, किचन–डाइनिङ, जीम क्लव लगायत सुविधा छन् ।
अहिले रिर्सोटमा १९ डिलक्स र ४ वटा सुइट गरी २३ वटा कोठा तयार भइसकेका छन् । निकट भविष्यमै आठवटा कोठा थप्ने सञ्चालक दोर्जेको तयारी छ । मौलिक नेपाली ढुंगा कुँदेर रिर्सोट निमार्ण गरिएको छ ।
रिसोर्टमा शरदकालिन सिजनका लागि प्रतिकोठा प्रतिदिन मूल्इ ५०० देखि ८०० अमेरिकी डलरसम्म तोकिएको छ । रिसोर्टमा स्वीमिङ पुल, ज्याकुजी, स्पा, जिमलगायत सुविधा छन् । रिसोर्टका प्रत्येक कोठाबाट फेवातालको सुन्दर दृश्य देख्न पाइन्छ ।