© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। सातामा तीन दिन लगातार उकालो लागेको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १७ अंकले घटेर २०६७ विन्दुमा कायम भएको छ।
यो साता पनि सेयर बजार अन्ततः घटेरै बन्द भएको छ । पहिलो दिन आइतबार १०.३७ अंक बढेको बजार सोमबार १०.२६ र मंगलबार १४.८८ अंक बढेसँगै २११९ अंकमा पुगेको थियो । बुधबार फेरि २१.६७ अंक र बिहीबार ३०.९२ अंक घटेसँगै नेप्से २०६७ अंकमा बन्द रह्यो ।
बजार घट्दा पनि कारोबार रकममा ठूलो अन्तर छैन । बजार बढेका दिनहरु आइतबार ३ अर्ब ८३ करोड, सोमबार ४ अर्ब ५६ करोड र मंगलबार ५ अर्ब ५४ करोडको कारोबार भएको थियो । बजार घटेका दिन बुधबार ५ अर्ब २९ करोड र बिहीबार ४ अर्ब १८ करोडको कारोबार भयो ।
यो साता हाइड्रोपावर र ब्यापार समूह झिनो अंकमा बढे भने अन्य समूह ३.८४ प्रतिशत बढ्यो । तीबाहेक सबै समूह घटे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९६ प्रतिशत घट्यो ।