पर्यटन खबर

हिउँमा रमाउँदै

१९ माघ २०८०, शुक्रबार ०१:३२

काठमाडौँ। सडकभरि सेताम्य हिउँ छ । भीर, पाखा र खोल्सी पनि हिउँले पुरिएका छन् । कर्णाली र सुदूरपश्चिमका युवा यही सेताम्य हिउँमा रमाउदै गरेका छन्।

हिउँमा खेल्न पाउँदा उनीहरूमा खुशीको सीमा नै छैन । कालिकोट र  रुकुम पूर्वको सिमानामा पर्ने पाँचपोखरी क्षेत्रमा एक हूल युवा भेटिए । कोही हिउँमै लडीबुडी खेल्दै त कोही हिउँमाथि नाँच्दै थिए अनि कोही चाहिँ हिउँमा सेल्फी खिच्दै थिए । हिउँमा साथीहरूसँग रमाउँदै भेटिएका थिए ।