© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । दिल्लीको एरोसिटीमा रहेको पुलम्यान होटलका कर्मचारीले आफ्नो होटलमा १५ दिनदेखि महँगो सेवा लिइरहेकी युवतीलाई थाहा पाएपछि छक्क परेका छन् ।
उनी गरिब छन् र उनको खातामा १०० रुपैयाँ पनि छैन। जब कर्मचारीहरूले ती महिलाको बारेमा थाहा पाए। उनीहरूले उनीविरुद्ध ठगीको मुद्दा दायर गरे।
यस प्रकरणको जानकारी दिँदै प्रहरीले एक महिलाले डिसेम्बर १३ मा एरोसिटीको पुलम्यान होटलमा नक्कली नामबाट बुकिङ गरेको बताएको छ । त्यसपछि उनी १५ दिन होटलमा बसिन् र यहाँ धेरै सेवा पनि लिएकी थिइन् ।
यो अवधिमा महिलाले रु २ लाख ११ हजारको स्पा मात्र लिएकी थिइन् । १५ दिनपछि महिलाको बसाइको बिल ५ लाख ८० हजार रुपैयाँ पुगेपछि युपीआई(UPI) भुक्तानी गरे पनि महिलाले तिरेपछि पनि भुक्तानी नपाएको होटल सञ्चालकको भनाइ छ ।
त्यसपछि होटलका कर्मचारीले महिलालाई आफ्नो बैंक स्टेटमेन्ट देखाउन आग्रह गर्दा ती महिलाले ठाडै अस्वीकार गरिन र त्यहाँबाट भगाउन खोजिन् । महिला भागेको देखेपछि होटलका सुरक्षाकर्मीले उनलाई पक्राउ गरि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानपछि महिलाको खातामा ४१ रुपैयाँ मात्रै रहेको खुलासा भयो ।