© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक त्यहाँ पुग्ने गरेको हुन्छन।
प्राकृतिक बासस्थानमा बाघको अवलोकन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएको यो निकुञ्जमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटक खचाखच छन् । बाघ, हात्ती, गैँडालगायतका वन्यजन्तु सहजै अवलोकन गर्न सकिने यो निकुञ्जमा हिउँद लागेसँगै पर्यटकीय गतिविधि बढेको छ ।
अहिले यहाँ आन्तरिक पर्यटकसँगै सार्क मुलुकबाट आएका पर्यटक जंगल सफारी, साइट सिनिङ, कर्णाली नदीमा नौकाविहार, थारुबस्तीहरुको अवलोकनजस्ता गतिविधिमा रमाइरहेका छन् ।
घसँगै निकुञ्ज मुख्यालय ठाकुरद्वारामा रहेको गोही प्रजनन केन्द्र , कछुवा , गैँडा , बाघ हात्ती एवम् थारु सांस्कृतिक सङ्ग्रहालय अवलोकनको लागि दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटकहरूको भिड लाग्ने गर्दछ।
अघिल्लो आवको पुस मसान्तसम्ममा आन्तरिक छ हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा यस आवको पुस मसान्तसम्ममा १० हजार पुगेका छन् । गत आवको पुस मसान्तसम्ममा पाँच सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा चालु आवको पुस मसान्तसम्ममा आठ सय पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिए ।
पर्यटकको सङ्ख्या बडेसँगै बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्षको तुलनामा राजस्व समेत दोब्बर सङ्कलन गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ९ हजार ६ सय ९३ जनाले बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गरेका थिए भने १ करोड ११ लाख राजस्व सङ्कलन भएको थियो।
त्यस्तै, चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १२ हजार ३ सय ८२ जनाले बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् भने २ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको बताएको छ ।
वन्यजन्तुको आनीबानी र व्यहार परिवर्तन गर्न सकिदैन तर उसमाथि देखाउने व्यवहार परिवर्तन गर्न सकिन्छ । यो निकुञ्ज भावर क्षेत्रमा पर्ने भएकाले करिब पाँच स्क्यावार किलोमिरटको दूरीमा एउटा पोखरी बनाउनाका साथै सोलार जडित बोरिङको प्रबन्ध गरेर पानीको व्यवस्था गरिएको छ । बाघका लागि पाँच वर्षमा चार स्क्वायर किलोमिटरको ग्रिड बनाइएको र प्रत्येक ग्रिडमा एउटा पोखरी र घाँसे मैदान बनाउने लक्ष्य राखिएको छ ।
तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दियामा शान्त वातावरण, जैविक विविधताले भरिपूर्णसँगै सहजै बाघ हेर्न सकिने भएकाले पर्यटक बढ्दै गएका छन् ।