चितवन । चितवन निकुञ्जको नजिक भएकाले पर्यटकका लागि ढुङ्गा सयर, वर्ड वाचिङ, स्वीमिङका साथै साइडसिनका हिसावले ढुङ्ग्रेखोला चर्चित रहेको छ।
यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई सामुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुंगी देखाउने गरिएको छ । सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुंग्रेखोलामा डुंगा सयर गर्न रुचाउँछन् । रत्ननगर नगरपालिका– ५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ ।
खोलामा डुंगा सयर गर्दा गोही, डेढ सयभन्दा बढी प्रजातिका माछा, अजिंगर चाराचुरुंगी र वन्यजन्तु हेर्न सकिने बताए । ‘यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ,’ उनले भने, ‘डुंगामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन् ।’ यहाँ घुम्न आउने पर्यटकका लागि डुंगा सयरसँगै जंगल वाक, बर्ड वाचिङ, सर्ट जंगल ड्राइभ, इलिफेन्ट विथ वाकलगायतका प्याकेज दिने गरेको बताए । यहाँ पर्यटकलाई रातको समयमा वास बसेर वन्यजन्तु अवलोकन गर्ने गरेको पनि छन्।
डुंगाघाटबाट हात्तीसारसम्म डुंगा चलाउने गरिएको छ । डुंगा सफारी गर्ने पर्यटकलाई केही समय जंगल वाक गराएर राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रको म्युजियम र निकुञ्जको हात्तीसारमा घुमाउने गरिएको छ । डुंगा सयर गर्दा आन्तरिक पर्यटकका लागि चार सय ५० र बाह्य पर्यटकका लागि पाँच सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ ।