© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। पछिल्लो समय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘चेन होटल’ हरूको नेपाल प्रवेश लहरजस्तै बनेको छ। अस्ट्रेलियाको चेन होटल “द मुग्लान” भक्तपुरमा पनि सञ्चालनमा आएको छ ।
खासगरी मुलुकको होटल क्षेत्रमा लगानी बढेसँगै नयाँ बन्ने अधिकांश तारे होटलमा अन्तर्राष्ट्रिय प्रख्यात होटल ‘ब्रान्ड’ भित्र्याउन प्रतिस्पर्धा नै बढ्न थालेको छ। चेन होटलको नेपाल प्रवेश बढेसँगै पर्यटन क्षेत्रमा समेत अन्तर्राष्ट्रिय सञ्जाल वृद्धि भइरहेको व्यवसायीहरू बताउँछन्।
भक्तपुरको सदरमुकाम जिल्ला प्रशासन कार्यालयसँगै सञ्चालनमा ल्याइएको द मुग्लानको फेब्रुअरी १ मा ग्रायण्ड ओपनिङ गर्ने तयारी गरिएको हाेटलका सञ्चालक एवं प्रवन्ध निर्देशक लामाले जानकारी दिए ।
नौ वटा ट्विन तथा किङ साइजका कोठा रहेको होटल तथा रेस्टुरेन्टले एकै समय २५० जनालाई सेवा दिने क्षमता राख्छ । ब्रेड एण्ड ब्रेक फास्टमा प्रतिकपल २ हजार ५०० देखि ३ हजार ५०० रुपैयाँ शुल्क राखिएको लामाले बताए ।
‘रेस्टुरेन्टमा एकै पटक २५० जनालाई सेवा दिन सक्छौं’, अर्का सञ्चालक श्रेष्ठ भन्छिन्, ‘हाम्रो रेस्टुरेन्टको मुख्य विशेषता थकाली खाना हो ।’
उनले अस्ट्रेलियामा नाम कमाइसकेको द मुग्लान पोखरापछि भक्तपुरमा भित्र्याउन आफूहरु सफल भएको बताइन् । उनका अनुसार पोखरामा सन् २०१७ मा द मुग्लानको चेन होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएको थियो ।