© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
वीरगन्ज। वीरगन्जमा सुविधा सम्पन्न होटेल वृन्दावन सञ्चालनमा आएको छ। वीरगन्ज वडा न.४, दुई नम्बर रोड, कन्या स्कुलको सामुन्ने रहेको होटेल वृन्दावन १० करोडको लागतमा तयार भएको हो।
हाेटलमा ग्राउन्ड फ्लोरमा पार्किङ्गको सुबिधा रहेको छ भने पहिलो तल्लामा रेस्टुरेन्ट, दोस्रो तल्लामा २ वटा ब्यान्केट हल, १ वटा मिटिङ्ग हल रहेको रहेका छन्।
‘नेपाली होटलहरुमा पहिलो पटक हुनुपर्छ जहाँ हामीले ब्यान्क्वेटको इन्टेरियर पूर्णतः गोल्डेन शिशाका फ्लेकहरु प्रयोग गरेका छौं। यसले पार्टि भेन्यूलाई अझ रिच, ल्याभिस र सकारात्मक महशुस गराउनेछ’, संचालक अध्यक्ष सरार्फले भने।
त्यसैगरी, तेस्रो र चौथो तल्लामा बास बस्नको लागि एसि रुमहरु रहेका छन् । ‘होटलको ओपनिङलाई पारेर हामीले नर्मल एसि रुमको चार्ज २२ सय र त्यसमा पनि खाजाको ब्यवस्था सहित ३०५ छुट दिएका छौं, साथै एसि सहित स्विट रुमलाई ६ हजार दर रेट सहित ३०५ अतिरिक्त छुट कायम गरेका छौं’, सर्राफले भने ।
ब्रिटिश शैलीमा तयार गरिएको रेस्टुरेन्ट ओपन छ। यसमा पनि हामीले खाना अथवा खाजामा आउने ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गरेका छौँ। छुटको व्यवस्था आजैको मिति देखि ६ महिना सम्मको लागि लागू हुने बताएको छ। एक विशेष कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले होटेलको उद्घाटन गरेका थिए।