पर्यटन खबर

पर्यटन प्रवर्द्धन गर्न व्यास नगर अल्ट्रा म्याराथन हुँदै

१२ माघ २०८०, शुक्रबार ०६:१२

तनहुँ। व्यास नगरपालिकाले माघ १६ गते शहीद दिवसका अवसरमा म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

‘विविधतायुक्त गाउँ सहर, समृद्ध मेरो व्यास नगर’ भन्ने मूल नाराका साथ पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य व्यास नगरपालिकाको रहेको छ ।व्यास ५ को पर्यटकीयस्थल मानहुँकोटदेखि व्यास–८ को शहीदग्राम पुलिमराङसम्म म्याराथान आयोजना गरिएको छ।

नगरपालिकाले विगत छ वर्षदेखि यस म्याराथनलाई निरन्तरता दिँदै आएको छ।  करिव कूल ४४ किलोमिटरमा दौड प्रतियोगिता हुनेछ। मानहुँकोटदेखि सिद्धमार्ग हुँदै अलैँचे, चापाघाट, पृथ्वीराजमार्गबाट दुर्गा मन्दिर, अनशन चौचारी, सफासडक, भोर्लेटारचोक, व्यासमार्ग हुँदै बैरेनी कुमालटारी, दुम्सी खहरे, कलेस्ती, बोटेटार, पाथ्रा, सत्रसय, कालिका मार्गबाट बानियाँ डिही, बर्लाछी, सोतीबेँसी, बगुवा रिस्ती, बाहुनपोखरा, गाडापानी हुँदै पुलिमराङमा पुगेर टुङ्गिनेछ।

उक्त प्रतियोगिता जित्नेले ठुलो धनराशी र प्रमाणपत्र हासिल गर्ने छ । प्रथम पुरस्कार ८५ हजार ८०, द्वितीय पुरस्कार ६५ हजार ८० र तृतीय हुनेले रु ५५ हजार ८० का साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यस्तै, सान्त्वना पुरस्कार पाँचजनालाई रु १६ हजार ८० का दरले प्रदान गरिने छ।