पर्यटन खबर

इन्च्यान्टेड यात्रा होलिडेले आन्तरिक तथा बाह्रय पर्यटकलाई लक्षित गरि आकर्षक सेवा दिँदै

१२ पुष २०८०, बिहीबार ०९:५१

काठमाण्डौं । इन्च्यान्टेड यात्रा होलिडे ट्राभल एजेन्सीले आन्तरिक तथा बाह्रय पर्यटकलाई लक्षित गरि सेवा सुरु गरेको एक वर्षमा नै राम्रो व्यवसायिक सफलता हात पारेको छ ।
काठमाण्डौंको कमलपोखरी राधाकृष्ण कम्प्लेक्समा रहेको इन्च्यान्टेड यात्रा होलिडेले नेपालका मुख्य आकर्षक पर्यटक गन्तव्यस्थलका साथै दुवाई, भारत, मलेसिया, सिंगापुर, थाइल्याण्ड, माल्दिभ्स, श्रीलंका, भुटान, तिब्बत, इण्डोनेशियाको वाली लगायत नेपालीले धेरै रुचाइने देशहरुका लागि विशेष आकर्षक भ्रमण प्याकेजको सुविधा समेत ल्याएको छ ।

इन्च्यान्टेड यात्रा होलिडे ट्राभल एजेन्सीले व्यवसाय सुरु गरेको एक वर्षमै कोरोना विश्व भइरहेको द्धन्द्धका कारण सिथिल अर्थतन्त्रका बाबजुद पनि आफना ग्राहकको मन जित्न सफल भएको लामो समय ट्राभल्स एण्ड टुर्समा काम गरेको अनुभए भएकी यस ट्राभल्सकी सिइयो मेरिना श्रेष्ठले बताइन् । ट्राभल्स एण्ड टुर्समामा मात्र होइन ट्रेकिंग, ऱ्याफटिगंका साथै जंगल सफारीको पनि यस संस्थाले सेवा दिने उनले भनिन् ।

नेपाली कला, संस्कृती प्रवर्द्धनका साथै हिमाल पहाडका आकर्षक गन्तव्यमा आन्तरिक तथा बाह्र पर्यटकलाई लैजाने उदेश्यसहित इन्च्यान्टेड सुरु गरिएको ट्राभल एजेन्सीले इको टुरिज्मलाई पनि मुख्य प्राथमिकतामा राखेको उनले बताइन् । एडभेन्चर टुरिज्म प्रवद्र्धन गर्ने उदेश्य पनि छ उनले भनिन् ।

यस कम्पनीले सरकारी तथा गैरसरकारी संघ, संस्थाका साथै विजनेश हाउसहरुको पनि टिकेटिङको सहज, सुलभ सेवा सुविधा दिने इन्च्यान्टेड यात्रा होलिडेका अध्यक्ष दिलकुमार श्रेष्ठले बताए । धार्मिक पर्यटकलाई पनि विशेष सुविधासहित सेवा दिँदै आएको उनले बताए । दुई छिमेकी मुलुक चीन र भारतका पर्यटकलाई थप गन्तव्यका लागि थप कार्यक्रम ल्याउने योजना रहेको श्रेष्ठको भनाई छ । हाम्रो कम्पनीको मुख्य उद्देश्य यात्राको उत्कृष्ट अनुभव हाम्रा ग्राहकलाई होलिडे प्याकेजले सन्तुष्ट पार्नु हो । ग्राहक सन्तुष्टिमा म विश्वास गर्छु उनले भने ।

इन्च्यान्टेड यात्रा होलिडे ट्राभल एजेन्सीले देश विदेशमा हुने विभिन्न एक्सप्रोमा पनि सहभागि हुँदै आएको छ । पयर्टन सम्वन्धी अन्य व्यवसाय पनि सुरु गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले सुनाए । इन्च्यान्टेड यात्रा होलिडे टुर्स एण्ड ट्राभल्सको सम्पुर्ण प्याकेज हो भन्ने सन्देश दिने दृढता छ, श्रेष्ठले भने।