© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
चितवन। भरतपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने भएको छ । झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ।
२०२४ जनवरी १ मा नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो सङ्ख्यामा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदैछ।
महानगरपालिकाका पर्यटनविज्ञ सल्लाहकार डा विश्व सुवेदीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रमण वर्ष शुभारम्भ गर्ने कार्यक्रम छ । कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीयस्तरका पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वको उपस्थिति रहने छ।