© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिइँदै आएको ग्राउन्ड ह्यान्डलिङ यथावत रहने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार सूचना जारी गरि त्रिभुवन विमानस्थलमा गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्नेबारे औपचारिकरूपमा कुनै छलफल वा निर्णय नभएको जनाएको हो । नेपाल सरकारले निर्णय नगर्दासम्म नेवानिको ग्राउन्ड ह्यान्डलिङ सेवा यथाव रहने उनको जिकिर छ ।
नेवानिको समग्र सुधारमा केन्द्रित हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाइ काम गर्न निगमसम्बद्ध सबै क्रियाशील ट्रेड युनियनले सञ्चालन गरेका आन्दोलनका सबै गतिविधि रोकी तत्कालै काममा फर्किन मन्त्री सुदन किराँतीको निर्देशन रहेको सूचनामा उल्लेख छ।