पर्यटन खबर

कांग्रेस महामन्त्री गगनकुमार थापा बलेकाको स्काई क्याफेमा झुण्डिए

३ पुष २०८०, मंगलवार ०८:४४

बलेवा । कांग्रेस महामन्त्री गगनकुमार थापाले स्काई क्याफेको अनुभव लिएका छन्। पर्वत र बागलुङको एड्भेञ्चर हब द क्लिफ पुगेका थापाले कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले साथीहरूसँग एड्भेञ्चर ब्रेकफास्ट गरेका हुन् ।

द क्लिफका अध्यक्ष राजु कार्कीले भने नेपालमै पहिलो र एकमात्र स्काई क्याफेका लागि भिरमा वारपार स्टिलकोर डोरीको जडान गरिएको छ। सोही डोरीमा घिर्नीका माध्यमबाट टेवल झुन्ड्याइएको छ। क्याफेबाट कालीगण्डकी नदी र कुश्मा बजारको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ।