पर्यटन खबर

बुद्ध एयरको पहिलो उडान काठमाडौंबाट तुम्लिङटार

२७ मंसिर २०८०, बुधबार १३:५३

काठमाडौं । बुद्ध एयरले १७ औं जहाज एनएओसीबाट व्यवसायिक उडान सुरू गरेको छ। जहाज रंगरोगन तथा आवश्यक प्रकृयापछि व्यवसायिक उडान सुरू गरेको एयरलाइन्सले जनाएको छ।

आइतबारदेखि व्यवसायीक उडान थालेको बुद्ध एयरले पहिलो उडान काठमाडौंबाट तुम्लिङटार गरेको थियो। जसमा ५९ यात्रु सवार थिए।

बुद्धले हाल ३ वटा एटीआर(४२ तथा १४ वटा एटिआर(७२ जहाज मार्फत उडान गरिरहेको छ।