© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले संगम स्वीट्सबाट छुट पाउने भएका छन्। बैंकले काठमाडौँस्थित संगम स्वीट्समा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लब र स्पामा २० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। हालै बैंकले ललितपुरस्थित “Medex Multispecialty Clinic & Diagnostic Center” मा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ।
यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात “Tranquility Spa” का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
साथै, बैंकले त्ष्कतगलन च्भकयचत मा १५ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।