काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सेप्टेम्बर २६ देखि काठमाडौंमा हुने भएको छ ।
होटल संघ नेपाल,बिन्स्टक एसिया नेपाल,वाटरकम स्ट्राटेजी र नेपाल ट्राभलसँगको सहकार्यमा दोस्रो संस्करण हस्पिटालिटी कन्क्लेभ हुन लागेको हो । आइतबार काठडौंमा पत्रकार सम्मेलन गर्दै होटल संघले यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष विनायक साहले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ गर्न लागिएको बताए । उनले पर्यटन आतिथ्य क्षेत्रमा देखिएका सम्भावना र चुनौतीका विषयमा केन्द्रित भएर आयोजना गर्न लागेको बताए ।
विगतको तुलनामा पर्यटन आगमन वृद्धि भएपनि पर्यटन गतिविधिहरू बढ्न नसकेको बताए । उनले अहिले नेपालमा आगमन भइरहेका पर्यटक एक तिहाइ मात्रै रहेको भन्दै सरकारले नीति नियम परिमार्जन गरी कार्यान्वयन गर्नु जरुरी रहेको बताए ।