© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । नेपालमा तारे होटलहरुको सङ्ख्या करिब २१ वटा पाँच तारा होटल रहेका छन् । पर्यटन विभागको तथ्यांकमा नेपालमा सञ्चालनमा थप तीन वटा पाँच तारा होटल थपिने भएको छ ।
हाल नेपालमा पाँच तारा होटलको संख्या २१ वटा रहेको छ । थप तीन वटा होटलले इजाजतपत्र लिने प्रक्रियामा रहेको र यही साउन महिनामै इजाजतपत्र पाउने छन् ।
विभागका अनुसार बुढानिलकण्ठस्थित होटल फरेस्ट इन्, नक्सालस्थित हिल्टन काठमाडौं र सोल्टी वेस्टेन्ड इटहरी पाँच ताराको इजाजतपत्र लिने प्रक्रियामा छन् । नेपालमा पाँच तारा होटलको संख्या २४ वटा पुगे पनि नियमित रुपमा नविकरण भएका १८ वटा मात्र छन् ।
होटलहरुः
१)अकामा होटल, धुम्बराही
२) होटल डेला अन्नपूर्ण, दरबारमार्ग
३) द मल्ल होटल, लैनचौर
४) तारागाउँ रिजेन्सी होटल, बौद्ध
५) सोल्टी होटल लिमिटेड काठमाडौं, ताहाचल
६) पोखरा ग्राण्ड, पोखरा
७) टाईगरवान, रुपन्देही
८) लेमन ट्री प्रिमियर बुढानिलकण्ठ होटेल, बुढानिलकण्ठ
९) सोल्टी शिवक्रिम होटेल्स तथा रिसोर्टस, बाँके
१०) होटल सेन्ट्रल प्लाजा, बाँके
११) छायाँदेबी कम्पलेक्स (होटल अलफ्ट), ठमेल
१२) होटल द किङग्सबरी, झापा
१३) होटल एभेरेष्ट हस्पिटालिटी एण्ड होटल (होटल मेरियट), नक्साल
१४) इच्छा होटल, बारा
१५) होटल ल्हासा इन्टरनेशनल, लाजिम्पाट
१६) होटल साँग्रिला, लाजिम्पाट
१७) सिद्धार्थ विलास, भैरहवा
१८) सिटी होटल (हायात प्लेस), काठमाडौं