© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा छ महिनामा १० हजार ६ सय १३ विदेशी पर्यटक आएका छन् ।
यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।
केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये छ हजार चार सय ३५ पुरुष र चार हजार एक सय ७८ महिला पर्यटक आएको जानकारी दिए । यीमध्ये सबैभन्दा बढी फ्रान्सबाट एक हजार ७४, इजरायलबाट आठ सय ३२, जर्मनबाट सात सय ८४ पर्यटक आएका छन् ।
यस पदमार्गमा बर्खा लागेसँगै सुनसान भएपनि दैनिकजसो चार/पाँच जना विदेशी पर्यटक आइरहेको केन्द्रले जनाएको छ । सन् २०२३ मा २१ हजार दुई सय ४७ र सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भ्रमण गर्न यहाँ आएका थिए ।