© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । राजधानीको नक्सालमा निर्माण भएको १८ तले अग्लो होटल हिल्टन काठमाडौंको पूजा सम्पन्न भएको छ ।
होटल व्यवसायिक घराना शंकर समूहको लगानी रहेको होटलको शुभ मुहुर्त हेरी पूजा गरिएको हो । पूजामा होटलका मुख्य लगानीकर्ता साहिल अग्रवाहलगायत सहभागी थिए ।
होटलको बुकिङ भने साउन ४ बाट सुरु हुनेछ । होटलको आइतबार ‘सफ्ट ओपनिङ’को तयारी गरिएको छ । आठ अर्ब रुपियाँ लगानीमा निर्माण भएको होटलको औपचारिक उद्घाटन (ग्राण्ड ओपनिङ) आउँदो साउन ११ गते गर्ने जनाइएको छ । शंकर समूहको लगानी रहेको यो होटलको करिव सत प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जनाउँदै होटलको उद्घाटन संभवतः नेपालका लागि अमेरिकी राजदूतले गर्ने जानकारी दिएको छ ।
‘ग्राण्ड ओपनिङ’मा हिल्टन होटल्स एण्ड रिसोर्ट अमेरिकाबाट आउने प्रतिनिधि र नेपालीसहित दुई सयदेखि अढाई सयलाई आमन्त्रणको तयारी गरिएको जनाइएको छ ।