ट्रेन्डिङ

सीमलताल दुर्घटनामा परेका यात्रुका आफन्तलाई चितवनका होटलमा निःशुल्क खाने बस्ने व्यवस्था

३० असार २०८१, आईतवार ०६:४५

चितवन। नारायणगढ मुग्लिन सडक खण्डको सीमलतालमा गएको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसमा सवार व्यक्तिका आफन्तलाई होटल व्यवसायी संघ चितवनले खाने बस्ने व्यवस्था मिलाउने भएको छ।

संघका अध्यक्ष लोकनाथ भट्टका अनुसार दुर्घटनामा परि बेपत्ता भएका व्यक्तिका उद्दारमा आउने आफन्तलाई खाने बस्ने व्यवस्था मिलाउन लागेका हुन् । चितवन होटल व्यवसायी संघले दुःखमा परेका मानिसलाई मानवीय सहयोग गर्नुपर्ने महसुस गरेर उक्त निर्णय गरेको भट्टले जानकारी दिए ।

उनका अनुसार चितवनका होटल व्यवसायी संघले उनीहरुको खोजीमा लाग्ने समयभर खाने र बस्ने खर्च संघले नै व्यहोर्ने पनि उनले जानकारी दिए । होटल व्यवसायी संघ चितवनमा आवद्ध भएका ६ सय ३१ वटा होटल छन् ।