ट्रेन्डिङ

प्रभु बैंक र होटल हिमालयबीच छुट सम्झौता

१७ असार २०८१, सोमबार १४:५९

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई ललितपुरको कुपन्डोलमा रहेको होटेल हिमालयसँग विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।

एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणाका साथै होटेल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् ।

आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी चारतारे हिमालय होटेल विगत ३७ वर्षदेखि ग्राहकहरूको सेवामा समर्पित छ । यस होटेलमा सउना, स्टिम, स्वीमिङ पुल, फिट्नेस सेन्टर लगायतको सुविधा छ । ग्राहकको सेवाका लागि होटेल परिसरमा दुईवटा रेष्टुरेन्ट छन् ।

हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।