ट्रेन्डिङ

प्रभु बैँक ग्राहक र कर्मचारीलाई मुस्ताङका होटल तथा रेष्टुरेन्टमा छुट

१४ असार २०८१, शुक्रबार ०३:०८

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङका विभिन्न होटलका सेवामा १० प्रतिशत छुट पाउने भएको छ । छुट्टाछुट्टै समारोहबीच विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैँकबीच सम्झौता भएको हो ।

बुधबार छुट्टाछुट्टै समारोहका बिच भएको सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख-शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैंकका कर्मचारीका लागि आवास तथा खानामा १० प्रतिशत सम्मका छुटहरू प्राप्त गर्न सकिने  बैंकले जनाएको  छ ।

मुस्ताङको युरिका इन मुक्तिनाथ, होटल ग्रान्ड सामबाला, मुक्तिनाथ होटल सनराइज, होटल मन्डला, होटल त्रिवाटीका, इको हिल रिसोर्ट, होलिडे क्याम्प, लुम्बिनी एण्ड रेष्टुरेन्ट, सी यू लजलगायत छन् ।