ट्रेन्डिङ

बौद्धनाथ क्षेत्रमा चारतारे होटेल ‘लर्ड्स प्लाजा’ संचालनमा

३१ जेष्ठ २०८१, बिहीबार १५:५६

काठमाडौं । भारतसहित नेपालका विभिन्न शहरमा चेन होटलका रुपमा सेवा प्रदान गरिरहेको होटल लर्ड्स प्लाजाले काठमाडौंमा थप सेवा विस्तार गरेको छ ।

भारतमा तीन दर्जन (३६) स्थानबाट होटल सेवा दिदै आएको भारतीय पब्लिक लिमिटेड कम्पनी एचएच इण्डियाले काठमाडौंको बौद्ध तुसालस्थित चार तारे अनुत्तरा लर्ड्स प्लाजाको बुधबार एक कार्यक्रमकाबिच ‘सफ्ट लञ्च’ गरेको हो ।

होटल लर्डस भारतका विभिन्न शहरमा चेन होटलका रुपमा सेवा प्रदान गरिरहेको एक स्थापित होटल रहेको बताइएको छ । सन् २०१० मा गुजरातबाट सुरु भएको होटेलको अहिले भारत भर १४ राज्यमा ६० वटा होटेल संचालनमा रहेका छन्। यसैगरी अमेरिका र नेपालमा पनि यसको चेनहरु खुलेका छन्।

उनले भने, “विगत दुई वर्षदेखि काठमाण्डौको महाकाल रामहिटिमा लर्ड्स इको इनको नाममा तीन तारे होटल संचालनमा रहेको छ । यस्तै, विरगन्जमा विगत ५ वर्ष देखि दियालो लर्ड्स प्लाजाको नाममा चार तार तारे होटल संचालनमा रहेको छ । यो संगसँगै हामिले पोखरा,भैरहवा र नेपालगन्जमा समेत सेवा विस्तारको तयारी गरेका छौ ।”

यस्तै निकट भविश्यमै अमेरिकामा समेत आफ्नो सेवा विस्तारको योजना रहेको सुनाउँदै उनले तीन रोपनी क्षेत्रफलमा फैलिएको होटल लर्ड्स प्लाजामा विभिन्न क्याटोगरीका ६० वटा कोठाहरु रहेका बताए । होटलबाट गुणस्तरीय सेवा प्रदान गर्न हामी तत्पर रहेको दाबी गर्दै उनले नेपाल धार्मिक, सास्कृतिक तथा साहसिक पर्यटनको हबका रुपमा रहेको परिप्रेक्ष्यमा सुरु गरिएको यो सेवाले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार विरगंजमा, बौद्ध टुसालमा र बौद्ध रामहिटीमा गरि ३ वटा संचालनमा आएका छन्। नेपालगंज र लुम्बिनीमा निर्माणाधीन छन्। यसैगरी पोखरा र चितवनमा पनि निर्माण गरिने योजना रहेको टेरीले बताए।

होटलमा विभिन्न क्याटोगरीका ६० वटा कोठाहरु रहेका छ्न। जसमा साधारण कोठाहरुको ६५ डलर अनि डिलक्सको २५० डलर रहेको छ। नेपालको धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको क्षेत्रमा सेवा पुर्‍याउने होटेलको प्रमुख लक्ष्य रहेको टेरीले बताए।