© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
मुगु। जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ११ महिनाको अवधिमा १३ हजार २६ जना पर्यटकले भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
निकुञ्ज कार्यालयका सूचना अधिकारी तथा रेन्जर जयहरि धितालका अनुसार गत साउनदेखि जेठ अन्तिमसम्म विदेशी २ सय १० जना सार्क मुलुकका ५३ जना र नेपाली आन्तरिक पर्यटक १२ हजार ७ सय ६३ जना गरी कुल १३ हजार २६ जना पर्यटकले रारा भ्रमण गरेका छन् । गत वर्ष रारा घुम्ने पर्यटकको संख्या करिब ११ हजार रहेको र यो वर्ष वृद्धि भएर १३ पुगेको निकुञ्जले जनाएको छ ।
सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै जान थालेको छ । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् । हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा आउन रमाउने गरेका छन् ।