© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवर्द्धन गर्न शुक्रबारदेखि भृकुटीमण्डपमा १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुने भएको छ।
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने उद्देश्यले ‘नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो’को आयोजना गरिएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो । भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । मेलाले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी होटेल, रिसोर्ट, होमस्टे, दामन दूर ट्रेकिङ (माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याइ पर्यटन प्रबर्द्धनको योजना बनाइएको छ ।
यसमा १६ वेग, १५० विक्रेता, २५० क्रेता तथा एक हजार भन्दा बढि आगन्तुकको सहभागिता रहने अनुमान गरिएको छ । यस्तै एक्सपोमा विहार टुरिजम, टुरिजम मलेशियाको समेत सहभागिता रहने आयोजकले जानकारी दिएको छ । पर्यटन व्यवसायीबीचको सहकार्यलाई प्रोत्साहन गर्न ठूलो भूमिका खेल्ने मेलाले अन्तर्राष्ट्रिय पर्यटन साञ्जाल तथा व्यापारको व्यापक विस्तारमा सहयोग पुग्ने आशा लिइएको छ ।