© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। प्रभु बैँकका कर्मचारी र ग्राहकहरूलाई बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।
न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट पाउने विज्ञप्तीमा भनिएको छ ।