पर्यटन खबर

फेवातालमा पर्यटकीय चहलपहल

२३ जेष्ठ २०८१, बुधबार १३:४३

काठमाडौँ । पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा सोमबार बिहान डुङ्गा सयर गर्दै पर्यटक । यो याममा पोखरामा भारतीय पर्यटकको चहलपहल बढेको छ ।

फेवातालकाे प्राकृतिक आकर्षण त छँदैछ। तालमा भारतीय पर्यटकले डुङ्गा सयर गर्दै प्राकृतिक आकर्षण आस्वादनकाे अनुभूति शब्दमा चाहेर पनि उतार्न सकिँदैन ।

ग्राहक कुर्दै डु‌ङ्गामा सुस्ताइ रहेका माझीदाइ, लाइफ ज्याकेटसँगै डु‌ङ्गामा सुरक्षित तवरले सयरकाे आनन्द लिइरहेका पर्यटक अनि तालमा छायाँ बनाइरहेकाे माछापुच्छ्रेलाई आँखाले हेर्दा पाइने शीतलताकाे शब्दमा कहाँ वर्णन सम्भव छ ।