काठमाडौं। काठमाडौँस्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँकबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
द सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल र प्रदेश शाखा प्रमुख सांग्रीला श्रेष्ठले सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
द सोल्टि होटेल ग्रुपअन्तर्गत द सोल्टि होटेल एण्ड रिसोर्ट, सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टि वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन,सोल्टि वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्रीनिवास जनकपुरसँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरूले सेवा सुविधा लिएबापत विशेष छुट पाउने बताइएको छ ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।