© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
बुटवल । लुम्बिनीमा आन्तरिक पर्यटकको आगमनमा झनै न्यून देखिएको छ । गत नोभेम्बरमा नेपालबाटै ८५ हजार ८५७ जना पर्यटक लुम्बिनी आएका थिए । कोभिड मार अघि सन २०१९ को नोभेम्बरमा १ लाख २७ हजार आन्तरिक पर्यटक आएका थिए । चार वर्षअघिको तुलनामा अझै ४२ हजार पर्यटक कम देखिएको छ ।
अक्टोबर महिना लुम्बिनी भ्रमणको लागि मुख्य सिजनमध्येको मुख्य एक हो । सन् २०१९ को वर्षभर कुल ११ लाख ७० हजार आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । यो वर्ष ६ लाखको आसपासमा मात्र पर्यटक आउने सम्भावना देखिएको छ ।
गत नोभेम्बरसम्म अर्थात् ११ महिनाको अवधिमा ५ लाख ४६ हजार ८६३ आन्तरिक पर्यटक लुम्बिनी आइसकेका छन् । डिसेम्बरमा थपिने पर्यटकको संख्या जोड्दा ६ लाख भन्दा केही बढी हुन सक्छ ।