ट्रेन्डिङ

कुमारी बैंक र होटल भिन्टेज होमबीच सम्झौता

७ जेष्ठ २०८१, सोमबार १५:५३

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होमबीच सम्झौता भएको छ ।

यसैक्रममा  कुमारी क्यापिटल लिमिटेडले वे टु लिस्टिङ सेवा  अन्तर्गत नेपालमा प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सूचीचकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।

छुट प्राप्त गर्नका लागि होटल भिन्ताज होमबाट सेवा लिए बापत कुमारी बैंकका ग्राहकले सो बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत भुक्तानी गर्नुपर्ने छ । जसबापत १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाइहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

सोही सेवा अन्तर्गत हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडलाई आईपीओ जारी गरि सूचिकरणको चरणसम्म पुर्याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।